
डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन । उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निवाचित भएकाहुन । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पुर्ब मन्त्री पठानसिंह बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरेका छन ।
उनकानिकटतम् प्रतिद्वन्दीबोहराले ९ हजार १९५ मत पाएका छन ।
यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहादुर बोहराले २०२ मत पाएका छन । २५ हजार ३६१ मत खसेकोमा १ हजार ३३६ मत बदर भएको छ ।