Sujang

डोटी प्रदेश सभा `ख´ मा माओवादीका ओलि बिजयी

Ban

डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनु भएको छ । नेकपा माओदीका तर्फबाट उम्मेदवार बनेको ओली नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्दै विजयी हुनु भएको हो ।

प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मत मध्य ओलीले १४ हजार ४७ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी बलमे १३ हजार १२८ मत प्राप्त गर्नु भयो ।

राप्रपाका उम्मेदवार मोहन बहादुर बमले एक हजार ३२७ मत मात्रै प्राप्त गर्नु भएको छ । एक हजार ७ सय ३२ मत बदर भएको छ । ओली र बमका बीच मतगणा सुरु भए देखि नै कडा पर्तिस्पर्धा भएको थियो ।

डोटीमा प्रतिनिधि सभा तर्फ गठबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगर फराकिलो मतान्तरले अगाडी हुनुहुन्छ भने प्रदेश सभा “क” मा एमाले उम्मेदवार चक्र बहादुर मल्ल अगाडी हुनुहुन्छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.