Sujang

डोटी प्रदेश सभा `ख´ मा माओवादीका ओलि बिजयी

Ban

डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनु भएको छ । नेकपा माओदीका तर्फबाट उम्मेदवार बनेको ओली नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्दै विजयी हुनु भएको हो ।

Krishi

प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मत मध्य ओलीले १४ हजार ४७ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी बलमे १३ हजार १२८ मत प्राप्त गर्नु भयो ।

राप्रपाका उम्मेदवार मोहन बहादुर बमले एक हजार ३२७ मत मात्रै प्राप्त गर्नु भएको छ । एक हजार ७ सय ३२ मत बदर भएको छ । ओली र बमका बीच मतगणा सुरु भए देखि नै कडा पर्तिस्पर्धा भएको थियो ।

डोटीमा प्रतिनिधि सभा तर्फ गठबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगर फराकिलो मतान्तरले अगाडी हुनुहुन्छ भने प्रदेश सभा “क” मा एमाले उम्मेदवार चक्र बहादुर मल्ल अगाडी हुनुहुन्छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.