

सिद्धराज भट्ट-आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन् ।प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्यका लागि ३२ प्रतिनिधि छनौट हुन लागेका हुन् । नौ जिल्ला रहेको प्रदेशको तराईको जिल्ला कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच सदस्य चुनिन लागेका छन् ।
अर्को तराईकै जिल्ला कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन, पहाडको अछामबाट दुई र अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एक जना चुनिन लागेका हुन् ।कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुई जना निर्वाचित हुन लागेका हुन् ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०सहितको तत्कालीन वाम गठबन्धन अधिकांश क्षेत्रमा विजयी भएको थियो । डडेलधुरा र कैलाली क्षेत्र नं १ बाहेक सबै क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी प्रतिनिधिसभामा विजयी भएका थिए ।
डडेलधुरामा प्रधानमन्त्री देउवा र कैलाली–१ मा रेशमलाल चौधरी विजयी हुनुभएको थियो । प्रदेशसभा सदस्यका लागि ३२ क्षेत्रमध्ये प्रत्यक्षतर्फ पाँच निर्वाचन क्षेत्रबाहेक अन्यमा वाम गठबन्धनका प्रत्यासी विजयी भएका थिए ।आउने चुनावमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धी छन् । विसं २०४८ देखि २०७४ सम्म भएका सबै चुनावमा उनि नै विजयी भएका थिए ।
चुनावमा यो पटक उनि डडेलधुराबाट सातौँपटक प्रतिस्पर्धी भएका हुन् । यसअघिका चुनावमा पार्टीको तर्फबाट एक्लै प्रतिस्पर्धा गरेर विजयी हुनुभएका प्रधानमन्त्री देउवालाई आउने चुनावमा नेकपा ९माओवादी केन्द्र०कोसाथ छ ।
विसं २०६४ यता भएका निर्वाचनमा देउवाका मुख्य प्रतिस्पर्धी रहेका माओवादीका नेता खगराज भट्ट आउने चुनावमा डडेलधुराको प्रदेशसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा गर्दै छन् । भट्ट हाल माओवादीको सुदूरपश्चिम इन्चार्ज छन् ।
कैलाली निर्वाचन क्षेत्र नं ४ बाट एमालेका प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री लेखराज भट्ट प्रतिस्पर्धी छन्। उनले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरसंग प्रतिस्पर्धा गर्दै छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धी छन् । उनि र एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
बाजुरामा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेय र एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाबीच टक्कर छ । अछाम–१ मा श्रम तथा रोजगारमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का नेता शेरबहादुर कुँवरलाई एमाले नेता एवं प्रदेश सरकारका पूर्वमन्त्री झपटबहादुर बोहराले टक्कर दिइरहेका छन् ।
कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी प्रत्यासी छन् । टीकापुरको हिंसात्मक घटनामा दोषी ठहर रेशमलाल चौधरीकी पत्नी उनले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रामजनम चौधरी र एमाले नेता तपेन्द्र रावलसँग प्रतिस्पर्धा गर्दै छन् । यो क्षेत्रमा कांग्रेसका प्रत्यासीलाई सत्ता गठबन्धनको बलियो साथ छ । एमालेलाई जनता समाजवादीको साथ रहँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद कञ्चनपुर–२, अर्का केन्द्रीय सदस्य रमेश लेखक कञ्चनुर–३ बाट प्रतिस्पर्धा गर्दै छन् । माओवादीका केन्द्रीय सदस्य बिना मगर कञ्चनपुर–१ बाट प्रत्यासी छन् । क्षेत्र–३ मा एमालेका निरुदेवी पाल, क्षेत्र २ मा एमालेकै नरबहादुर धामी क्षेत्र–१ मा एमालेकै तारालामा तामाङलगायत प्रतिस्पर्धामा छन् ।
सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन् । सबैभन्दा बढी कैलाली जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन् । कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ र अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन् ।
सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् । बझाङमा एक लाख २२ हजार तीन सय ७६, दार्चुलामा ८९ हजार एक सय ५४, डडेलधुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ५० हजार एक सय २९ र डोटीमा एक लाख २४ हजार आठ सय ७० मतदाता छन् । प्रदेशमा अन्य मतदाता ९तेस्रोलिङ्गी०१८ छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि प्रदेशभर एक हजार एक सय ६१ मतदानस्थल र दुई हजार एक सय ४६ मतदान केन्द्र तोकिएको छ । तोकिएका मतदानस्थलमा कैलालीमा दुई ३७, डोटीमा एकसय १५, बाजुरामा ७०, बझाङमा एकसय ३५ र अछाममा एकसय ३० छन् । यसैगरी कञ्चनपुरमा एकसय ३२, डडेलधुरामा एकसय एक, बैतडीमा एकसय २९ र दार्चुलामा एकसय १३ मतदानस्थल तोकिएको छ ।
