डोटी– भूकम्प पडीडीतहरुलाई पुर्नस्थापनाको एजेण्डा प्राथमिकतामा राख्ने नेपाली कांग्रेस डोटी पार्टी सभापति तथा प्रदेश `क´ का उम्मेदवार नरेन्द्र बहादुर सिंहले बताएका छन् । आदर्श गाउँपालिकामा चुनावी प्रचार प्रसार गर्ने क्रममा सिंहले सो कुरा बताएका हुन् ।
‘सयौं परिवार घरबार बिहीन भएका छन्, उहाँहरुको बिचल्ली भएको छ’, सिंहले भने, ‘सोही बिषयमा प्रधानमन्त्री शेर बहादुर देउबासंग पनि २ पटक कुरा गरिसकेको छु , उहाँले सरकारका तर्फबाट पीडीतहरुको पुर्नस्थापनाका लागि प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।’
प्रदेश सरकार र संघिय सरकार गठबन्धनकै हुने भएकाले पनि आफुलाई पीडीतहरुका पक्षमा बोल्न सहज हुने बताए । झुटो आश्वासन र चुनावका बेला अनेकौं ढोंग गर्न आफुले नजानेको बताउदै सिंहले पीडीतहरुको क्षतीबिबरण बारे बिस्तृत सर्भेपछि पुर्नस्थापनाका लागि तयारी सरकारले गर्ने जानकारी दिए । ‘यसबारे म नियमीत सम्पर्कमा छु , केन्द्रबाट १० जना प्राबिधीकहरु केही दिनमै आएर सर्भे गर्ने काम सुरु गर्नु हुन्छ’, सिंहले भने ।
डोटीमा २ हजार भन्दा बढी घरमा २२ गते राती आएको भूकम्पले क्षती पु¥याएको छ । उनीहरु घरबाहिर खुला आकाशमा त्रिपालमुनी बस्न बाध्य रहेका छन् ।