

डोटी – नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टले कांग्रेसको सामानुपातिक मत नछुटाएर हाल्न सबैमा अपिल गरेका छन् ।
केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारी प्रदान गर्दै पार्टीले डोटी खटाएका विष्टले शनिबार जोरायलमा गरिएको कार्यक्रममा बोल्दै गठबन्धका उम्मेदवारलाई बिजयी गराउनुका साथै सामानुपातीक भोट काङ्ग्रेसलाई हाल्न सबैमा अपिल गरेका हुन् ।
उनले भने,´ नेपाली कांग्रेसको प्रतक्षतर्फ ६३ जिल्लामा कांग्रेसको उम्मेदवार छैनन्। उक्त ठाँउमा सभापति ज्युले समानुपातिक मत वढाउन केन्द्रिय प्रतिनिधि पठाएको हो। पालिका स्तरमा कार्यक्रम गर्दै सामानुपातिक र गठबन्धनका पक्षमा जनाधार सिर्जना गर्न आग्रह गरेका छौं ।`
‘फेरि पनि गठबन्धनकै सरकार बन्छ। त्यसको नेतृत्व कांग्रेसले गर्ने छ। एमाले अध्यक्ष केपी शर्मा ओली जीलाई दुई तिहाइको सरकारको नेतृत्व गर्ने अवसर दिँदासमेत उहाँले केही गर्न सक्नु भएन। झनै उहाँबाट संसद् र संविधानमाथि प्रहार हुने काम भयो। आफ्नै पार्टीलाई पनि टुक्राटुक्रा पार्नुभयो,’ विष्ट भन्छन्। त्यसैले यो अग्रगमनका पक्षमा उभिने बेला भएकाले लोकतान्त्रिक बाम गठबन्धनलाई मतदान गरि बिजयी गराउन उनले आग्रह गरे ।`
डोटी जिल्लाको प्रतिनिधि सभातर्फ र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले पार्टीलाई प्रत्यक्षतर्फ मतदान गर्ने अवस्था नरहेकाले समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि प्रेरित गर्न भन्दै विष्टलाई विशेष जिम्मेवारी दिएर प्रधानमन्त्री देउवाले डोटी खटाएका हुन् ।
