Sujang

सुदूरपश्चिममा फेरी भुकम्पको धक्का

डोटी – डोटी लगायत सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महसुस भएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो ।विस्तृत विवरण आउँन बाँकी छ ।

बैतडी, बझाङ, कैलाली र कञ्चनपुरमा भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ। भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।

यस अघि गत बुधबार आएको भुक्मपमा परी डोटीमा ६ जनाले ज्यान गुमाएका थिए । भने एक दर्जन घाइते भएका छन् । सयौ घर विस्तापित भएका छन् । शनिबार रातिको भुकम्पको क्षति बारे भने विस्तृत विवरण आउन बाँकी छ।

Salmuni
Leave A Reply

Your email address will not be published.