Sujang

भ्रष्टाचार विरुद्ध आवाज उठाउने संस्था आवश्यक छन् -खड्का

भदौ २१ गते डोटी –
भ्रष्टाचार विरुद्ध आवाज उठाउने संस्था आवश्यक रहेको दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिं खड्काले बताएका छन् । मंगलबार सिलगढीमा जोखिम पहिचान प्रक्रिया र घटना ब्यवस्थापन विषयक तिन दिने क्षमता अभिवृद्धि तालीमको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
नगर प्रमुख खड्काले भने,‘भ्रष्टाचार न्यूनीकरण गर्न वास नेपाल जस्ता संस्था आवश्यक छन् । भ्रष्टाचार न्यूनीकरणका लागि सबैको भुमिका उत्तिकै महत्वपूर्ण रहन्छ । सुशासन मेरो पहिलो प्रतिवद्धता हो । सबैले कानुनलाई मानेर अगाडी बढ्नुपर्छ । गलत मनसायको काम गर्दिन र हुन पनि दिन्न । ’
उनले थपे ,‘ जनताको लागि आएको सेवा सुविधा जनताको घर दैलो सम्म पुग्नु पर्छ । यसमा सचेत नागरिकहरुले सहयोग गर्नु पर्दछ । तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान सुझाव दिए ।’
वास नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष रमेश सिटौलाले कार्यक्रमको उदेश्यका वारेमा जानकारी गराएका थिए ।
वास नेपालका केन्द्रिय अध्यक्ष लुनावुढा थोकिको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि,सरोकारवाल निकाय,पत्रकार लगायतको उस्थिति रहेको थियो
तिन दिने क्षमता अभिवृद्धि तालिममा दिपायल सिलगढी नगरपालिका, शिखर नगर पालिका र पुर्विचौकि गाउँपालिकाका उप प्रमुख, उपाध्यक्ष, न्यायीक समितिका पदाधिकारी, शिक्षा स्वास्थ,महिला,सामाजिक विकाु शाखाका प्रमुख प्रतिनिधि,एकद्धार संकट व्यवस्थापन प्रणालिका प्रतिनिधि, युवा,वाल क्लव तथा वास नेपालका स्वयम सेवकको तालिममा सहभागिता रहने वास नेपाल डोटीका मनोसामाजिक कार्यकर्ता सरिता कठायतले शिलाखवरलाई जानकारी दिए ।तालीमको प्रशिक्षक प्रेम वहादुर वुढा रहेका छन् ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.