Sujang

डोटीमा मदिरा बिक्री बितरण र सेवनमा पूर्ण निषेध

Ban
Krishi

गणेश मौनी,कात्तिक १९ डोटी- आसन्न मंशिर ४ गते हुन गईरहेको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यहरुको निर्बाचनलाई स्वच्छ, निष्पक्ष, भएरहीत एवं शान्तिपूर्ण बातावरणमा सम्पन्न गर्न डोटी जिल्लामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवनमा पूर्ण निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दिपा जोशीको हस्ताक्षरमा एक सुचना जारी गर्दै मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिएको जानकारी गराएको छ ।
जारी सुचनामा भनिएको छ,´ डोटी जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टीगत गर्दै कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको निर्बाचन सुरक्षा समितिको बैठकको निणर्य अनुसार २०७९ कात्तिक १९ गते राती १२ बजे देखी पहीलो हुने निर्बाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री बितरण र सेवनमा पूर्ण रुपमा निषेध गरिएको कोही कसैले सुचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री बितरण र सेवन गरेको पाईएमा प्रचलीत कानुन बमोजिम कारबाही गरीने सुचनामा उल्लेख गरिएको छ ।
सुचनमा उल्लेख भए अनुसार कोही कसैले मदिरा ओसारपसार, बिक्री बितरण र सेवन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने समेत प्रजिअ श्रेष्ठले बताईन् ।
आसन्न निर्बाचनलाई भएरहीत बातावरणमा सम्पन्न गर्न आम मतदाता, राजनितीकदल जिल्लाबासी, सरोकारवाला निकाएले आ आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने समेत प्रजिअ श्रेष्ठले बताईन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.