Sujang

अछामका ६० मतदानस्थल अति संवेदनशील

कात्तिक १५, अछाम-आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछामका ६० मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । त्यहाँका रहेका १ सय ३० मतदानस्थल मध्ये ६० स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।

सुरक्षा दृष्टिकोणले ६० मतदानस्थललाई अतिसंवेदनशील, ५० संवेदनशील र २० कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले बताए ।

निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो ।
जिल्लामा ५० मतदानस्थल संवेदनशील र २० मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ । विगतको निर्वाचनमा भएको झडप, विवाद, भौगलिक, सुरक्षा विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।

अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशाशन कार्यालय अछामका सूचना अधिकारी दिपेश रिजालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर जनशक्ति व्यावस्थापनको काम अन्तिम चरणमा पुगेको बताउँदै स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ ।

मतदान स्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भईसकेको छ ।
जिल्लाका १० स्थानीय तहमा रहेको मतदान स्थलको अनुगमन भईरहेको छ । मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको जनाएको छ ।

सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ । १० स्थानीय तह रहेको अछाममा दुई सय ८ मतदान केन्द्र छन् ।
जिल्लामा १ लाख ५८ हजार ६ सय ५७ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत नायकले बताउनुभयो । निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिईरहेका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.