Sujang

डोटीमा दसैँ–तिहार लक्षित बजार अनुगमन, ९ हजार ५ सयको अखाद्य वस्तु नष्ट

Ban

असोज १३ गते,डोटी :डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा दसैँ–तिहारलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा विभिन्न किराना तथा खुद्रा पसलबाट म्याद नाघेका तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ।

Krishi

जिल्ला प्रशासन कार्यालय डोटीका नायब सुब्बा सुरेन्द्र प्रसाद जोशीका अनुसार केही खुद्रा पसलबाट करिब ९ हजार ५ सय ८७ रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य खाद्य सामग्री जफत गरिएको हो। जफत गरिएका सामग्रीलाई प्रचलित कानुनी व्यवस्थाअनुसार नष्ट गरिएको जोशीले जानकारी दिए।

दसैँ–तिहारजस्ता चाडपर्वका समयमा खाद्य सामग्रीको कारोबार तथा उपभोग बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्रता दिइएको हो।

अनुगमनका क्रममा व्यवसायीलाई म्याद नाघेका तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री–वितरण नगर्न र उपभोक्ताको स्वास्थ्य तथा अधिकारप्रति जिम्मेवार बन्न समेत सचेत गराइएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.