Sujang

बडीकेदार गाउँपालिका डोटी भोटेकोसी बाढीपीडितका लागि २५ लाख आर्थिक सहयोग

Ban

एकेन्द्र चन्द ,डोटी : डोटीको बडीकेदार गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि २५ लाख ५२ हजार १८३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

Krishi

गाउँपालिकाको ५७औँ बैठकले उक्त प्राकृतिक विपत्तिबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सर्वसम्मत निर्णय गरेको हो।

गाउँ कार्यपालिकाले विज्ञप्ति जारी गर्दै बाढी विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टका अनुसार गाउँपालिकाको आफ्नै विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ ,गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको ५ दिनको सेवा सुविधा बराबरको कुल ६० हजार २४ रुपैयाँ, अधिकृतस्तरका कर्मचारीको ७ दिन, सहायकस्तरको ५ दिन र कार्यालय सहयोगी/स्वीपरको २ दिनको तलब बराबरको कुल ८ लाख ३९ हजार १७८ रुपैयाँ र
शिक्षक तथा विद्यालयविद्यालयका शिक्षक, बालविकास सहजकर्ता तथा पालिका अनुदानका प्रावि, निमावि र मावि तहका शिक्षक/कर्मचारीहरूबाट संकलित कुल १५ लाख ५२ लाख ९८१ रुपैयाँ सहयो गरेको पालिकाले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.