Sujang

जिल्ला अस्पताल डोटीमा कार्यरत अहेव बोगटी शौचालयमा मृत फेला

Ban

असोज १४, डोटी : जिल्ला अस्पताल डोटीमा कार्यरत अहेव प्रेमबहादुर बोगटी मृत फेला परेका छन् ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई हाल दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित जिल्ला अस्पताल डोटीमा कार्यरत ३४ वर्षीय बोगटी बुधबार अस्पतालकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए।

Krishi

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले दिएको जानकारी अनुसार आज बिहान करिब १०ः३५ बजे अस्पतालमा कार्यरत कर्मचारीले उनलाई शौचालयमा बेहोस अवस्थामा फेला पारेका थिए।

त्यसपछि तत्काल उपचारका लागि उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा लगिएको थियो।
चिकित्सकले चेकजाँच गर्ने क्रममा बिहान १०ः५५ बजे बोगटीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

उनि बिहान अस्पतालको इमर्जेन्सी फाटमा ड्युटीमै थिए ।
बिहान डेढ घण्टा डिउटि गरेर शौचालय गएका उनी लामो समय फिर्ता नआए पछि कर्मचारीले खोज्दा उनलाई शौचालयमा बेहोस अवस्थामा फेला परेका प्रहरी जनाएको छ ।

बोगटी झन्डै ६ वर्षदेखि जिल्ला अस्पतालमा कार्यरत रहेको र उनी प्रेसरको औषधि सेवन गर्दै आएका बुझिएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन काफ्लेले जानकारी दिए ।
घटनाको थप विवरण तथा मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.