

भदौ २३ गते ,डोटी : डोटीको जोरायल गाउँपालिका–४ मत्सेमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्।

मङ्गलवार बिहान करिब ९ः२० बजे स्थानीय लोकेशबहादुर घर्ती मगरकी करिब ९/१० वर्षीया छोरी खिमा घर्ती मगर ठुलीगाड खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी हुन्।
घटनाबारे बालिकाका बुवा घर्ती मगरले बिहान ११ बजे प्रहरीलाई जानकारी गराएपछि प्रहरी नायब निरीक्षक दिलीपकुमार बिसीको कमाण्डमा ९ जनाको प्रहरी टोली खोज तथा उद्धारका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले जानकारी दिए ।
बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
