

भदौ २२, गते,डोटी : भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड डोटीले ३० हजार रुपैयाँ सहयोग गरेको छ।

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड डोटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीस हजार जम्मा गरिएको अध्यक्ष अर्जुन देउवाले जानकारी दिए ।
भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको पुनः स्थापना सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीका सदस्यहरूले पाउने लाभांश रकमबाट सहयोग गरेको अध्यक्ष देउवाले बताए ।
भोटेकोसी नदीमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।
