Sujang

रसुवाका बाढीपीडितका लागि माझघर एकता समाज भारत र बिष्ट परिवारको सहयोग

Ban

इन्द्र शाही ,भदौ १७ गते ,डोटी : रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि माझघर एकता समाज भारत र पूर्वीचौकी गाउँपालिका–२, बिष्टगाउँका बिष्ट परिवारले १७ हजार २ सय २५ रुपैयाँ सहयोग गरेका छन्।
बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। विपद्बाट प्रभावित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले माझघर एकता समाज भारत र बिष्ट परिवारको साझेदारीमा उक्त रकम संकलन गरिएको हो।
संकलित १७ हजार २ सय २५ रुपैयाँ नेपाल सरकारको उद्धार तथा राहत कोषमा जम्मा गरिएको बताइएको छ।

Krishi

विपत्तिको दुःखद घडीमा पीडितहरूको साथमा ऐक्यबद्धता जनाउँदै सहयोग अभियान सञ्चालन गरिएको भारतोलि माध्यमिक विद्यालयका लेखापाल हर्कबहादुर बिष्टले जानकारी दिनुभयो।

समुदाय तथा विदेशमा रहेका नेपालीहरूको सहकार्यमा गरिएको यस सहयोगले विपद्को समयमा मानवीय सहयोग, सद्भाव र सामाजिक एकताको सकारात्मक सन्देश दिएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.