

भदौ १५ गते , डोटी :भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिककोहरूको उद्धार तथा राहतका लागि शैलेश्वरी सार्वजनिक यातायात डोटीले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
शैलेश्वरी सार्वजनिक यातायात डोटीले रकम बाढीपीडितको उद्धार तथा राहतका लागि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई हस्तान्तरण चेक हस्तान्तरण गरेको हो।

रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरे नेपालले देश विपत्तिमा परेका बेला सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको बताइन्।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना तथा व्यवसाय पुनःसञ्चालनमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको शैलेश्वरी सार्वजनिक यातायात डोटीका अध्यक्ष केपि माझीले बताए ।
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।
