Sujang

इम्प्याक्ट र बाल क्लबका सदस्यहरूको वार्षिक भेला सम्पन्न

Ban

भदौ १६ गते ,डोटी : डोटीमा IMPACT (इम्प्याक्ट) क्लब र बाल क्लबका सदस्यहरूका लागि उत्प्रेरणा, सशक्तीकरण तथा नेतृत्व विकास सम्बन्धी वार्षिक भेला सम्पन्न भएको छ।

१२ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा बालबालिकाका समसामयिक समस्या, तिनको न्यूनीकरण र उनीहरूको उज्ज्वल भविष्य निर्माणका विषयमा छलफल गरिएको थियो ।

पछिल्लो समय विभिन्न सामाजिक तथा अन्य कारक तत्वहरूले बालबालिकामा नकारात्मक प्रभाव पारिरहेकोले बालबालिकामा पर्ने यस्ता नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्दै उनीहरूभित्र रहेको प्रतिभा र क्षमता प्रस्फुटन गर्ने कार्यक्रमको उद्देश्य रहेको वर्ल्ड भिजन इन्टरनेशनल नेपालका सुदुरपश्चिम प्रदेश बाल संरक्षण अधिकृत कृप जोशी बताए ।

बाल्यावस्था र किशोरावस्थाको यो संवेदनशील समयमा आफ्नै भविष्यको स्पष्ट योजना बनाउने क्षमता र सञ्चार सीपको विकास गराउन सरोकारवाला र आम नागरिकको भूमिका महत्त्वपूर्ण हुनेमा उनले जोड दिए ।

सामुदायिक विकास केन्द्र (सिडिसी) डोटी र वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा गरिएको कार्यक्रमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का (विजय) ले बालबालिकालाई सही मार्गमा लैजान असल संगतको ठूलो भूमिका हुने बताए । आफ्नो भविष्य सुन्दर र सफल बनाउनका लागि किशोरावस्थामै सही र सकारात्मक मानिसहरूसँग संगत गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बालबालिकाहरू भोलिका कर्णधार भएकाले उनीहरूले असल नागरिक बनेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताइन् । उनले समाजमा व्याप्त मदिरापान, लागूऔषध दुर्व्यसनी, बालविवाह, आत्महत्याका घटना, शिक्षाको पहुँचमा कमी र छोराछोरीबीच गरिने विभेद जस्ता गम्भीर सामाजिक समस्याहरू विरुद्ध सबै मिलेर लाग्नुपर्नेमा जोड दिइन् ।

Krishi

कार्यक्रममा डोटी जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सागर बोहराले सुरक्षा र कानुनी सचेतनाका विषयमा आफ्ना धारणा राखेका थिए । उनले पछिल्लो समय बालबालिका र युवाहरू लागूऔषध, सामाजिक सञ्जालको दुरुपयोग र अनलाइन ठगीको जोखिममा परिरहेको प्रति सजग गराए । सामाजिक सञ्जालमा गैरकानुनी सामग्री पोस्ट गर्ने, अरूको चरित्र हत्या गर्ने जस्ता कार्य अपराध हुने र यसमा कडा जरिवाना तथा कैदको व्यवस्था रहेको जानकारी दिँदै उनले डिजिटल प्लेटफर्मको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा आउनुभएका नेपालका चर्चित कवि, गीतकार, सञ्चारकर्मी तथा वरिष्ठ साहित्यकार डा. नबराज लम्साल आफुले मदन पुरस्कर पाउन सफल देखि आफ्नो जिल्लामा ५ कक्षा सम्म मात्रै बिद्यालय भएको हुदा उपत्यका गएर पढ्ने बेला सम्मका संघर्षका कुरा सुनाउनु भएको थियो । उहाँले सफल हुन मेहनत गर्न जरुरी रहेको बताउनुभयो

त्यसैगरी प्रशिक्षकको रुपमा लेखक तथा पत्रकार रोहित भण्डारी, उमेश सिवाकोटी, विकट क्षेत्रबाट सञ्चार क्षेत्रमा विभिन्न समस्या र कठिनाइ भोग्दै थुप्रै पुरस्कर विजेता कान्तिपुर मिडियाकि सह-सम्पादक मेनुका ढुंगाना आउनुभएको थियो ।

उहाहरुले आफ्नो बाल्काल देखि भोग्दै आएका समस्या, संघर्ष, मेहनत र आफुले त्यो स्तर सम्म पुग्नको लागि गरेको मेहनतको बारेमा प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रम सिडिसिका कार्यकारी निर्देशक हेमराज जोशिले समय पुस्तान्तरण हुदै गैरहेको समयमा किशोरकिशोरीले लगनशील भएर क्षमतावान बन्नु पर्ने बताउनुभयो । उहाले बालबालिका र शिक्षाको क्षेत्रमा आफ्नो संस्था जहिले पनि काम गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमको समापनमा बोल्दै सिडिसिका उपाध्यक्ष एवम कार्यक्रम सभाध्यक्ष कृष्ण बहादुर कामिले विगतका असहज परिस्थिति भन्दा अहिले बालबालिकाहरूले उच्च व्यक्तित्वहरूबाट अनुभव र प्रेरणा प्राप्त गर्ने ठूलो अवसर पाएको बताउनुभयो ।

उहाँले बालबालिकाहरू नै भोलिका देशका कर्णधार भएकाले विद्यालय र समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्वदायी भूमिका खेल्न आह्वान गर्दै संस्थाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरियो ।

आइतबार र सोमबार भएको कार्यक्रममा सहभागी इम्प्याक्ट र बाल क्लबका सदस्यहरूले यस प्रकारको वार्षिक भेलाले आफूहरूमा नेतृत्व क्षमता, सञ्चार सीप र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न ठूलो सहयोग पुगेको बताएका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.