

भदौ १५ गते ,डोटी : रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले ६ लाख ३९ हजार ६ सय ९६ रुपैयाँ सहयोग गरेको छ।

समाजका पदाधिकारी, जिल्ला संयोजक, सल्लाहकार, सदस्य तथा शुभेच्छुकहरूबाट संकलित रकम र संस्थाको कोषबाट गरी उक्त सहयोग रकम जुटाइएको समाजले जनाएको छ।
समाजले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्बबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न सबैमा अपिल गरेको छ।
