Sujang

डोटीका ६ स्थानीय तहबाट राहत तथा उद्धार कोषमा ११ लाख १२ हजार दुई सय २२ रुपैयाँ सहयोग

Ban

भदौ १५ गते डोटी : डोटीका ६ स्थानीयले ११ लाख १२ हजार दुई सय २२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्ने निर्णय गरेका छन् ।

रसुवा बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिपछिको उद्धार तथा राहतमा सहयोग पुर्‍याउन स्थानीय तहले रकमको घोषणा गरेका हुन् ।

दिपायल सिलगढी नगरपालिकाले राहात तथा उद्धारका लागि चार लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यस्तै, नगपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरूले पाउने एक महिनाको सेवा सुविधाको १० प्रतिशत रकम प्रधानमन्त्री उद्धार तथा कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

यस्तै, शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकाले पनि दुई/दुई लाख रुपैयाँ, सायल गाउँपालिकाले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

Krishi

यस्तै, आदर्श गाउँपालिकाले एक लाख एक हजार १११ र पूर्वीचौकी गाउँपालिकाले १ लाख रुपैयाँ दिने निर्णय गरेका छन् ।

घोषित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गर्ने प्रक्रिया अघि बढाइएको पालिकाहरूले जनाएका छन् ।

हालसम्म डोटीका अन्य तीन पालिका केआईसिंह गाउँपालिका, जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकाबाट सहयोगको घोषणा आइसकेको छैन ।

त्यस्तै वाढिपहिराे परी वेपत्ता भएका शिखर नगरपालिका ४ निवासी दिपक महरा र दि.सि.न.पा. ७, का किर्त सिंह विष्टका परिवारलाई खोजीकार्य गर्न जान लाग्ने खर्च वाफत १०/ १० हजार का दरले उपलब्ध गराउने निर्णय सायल गाउँपालिकाले गरेको जनाएको छ ।

त्यस्तै शिखर नगर पालिकाले बेपत्ता महराको खोजी तथा उद्धारमा उहाँका आफन्त, परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले ५० हजार उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए ।
त्यस्तै अन्य पालीकाले पनि उहाँहरुको खोजी कार्यको लागि सहयोग गर्ने जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.