

भदौ ४, डोटी : डोटीमा अटो दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका–३ दल्लकी ५५ बर्सिया घाइते लछु ऐरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दका अनुसार ऐरलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा शिखर नगरपालिका-१ कालागाड स्थित बाटोमा मृत्यु भएको हो ।
आज अपराह्न ४:२० बजेको समयमा सु.प.प्र.०१–००१ ह ८६८४ नम्बरको अटो दुर्घटनामा घाइते भएकी ऐरको साँझ ६:४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिपायल–बोगटान सडकखण्डको के.आई.सिंह गाउँपालिका–४ बास्कोटस्थित अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । अन्य ४ जनाघाइते के.आई.सिंह गाउँपालिका– ३ डल्लकि ४५ बर्सिया मातादेवी ऐर र १५ बर्सिया चेतना ऐर, वडा नं. २ देउगडाकी ३५ बर्सिया गौरीदेवी मल्ल र वडा नं. ३ बासुदेवीकी ५५ बर्सिया हरिनादेवी बमको राजपुर स्थिति सुजङ अस्पताल, राजपुर डोटी उपचार भइरहेको जनाएको छ ।
