Sujang

शिखर शैली देवलको सरसफाइ गरियो

Ban

कार्तिक १० गते,डोटी –डोटीको शिखर नगरपालिका – ७ लाटामाण्डाैको उजेली गाउँमा रहेको प्राचीन एवं ऐतिहासिक “शिखर शैलीको देवल” को सरसफाइ गरिएको छ ।

बिहीबार जिल्लाको शिखर नगरपालिका वडा नं ७ लाटामाण्डाैमा रहेको मतदान केन्द्र निरीक्षणको क्रममा गएको उक्त टोलीले प्राचीन एवं ऐतिहासिक शिखर शैली देवलको अवलोकन गर्ने बेला सरसफाइ गरेको हो।

सरसफाई कार्यक्रममा माननीय जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेय, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ,प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह साहु, प्र.प्र.अ. दिगम्बर गिरी, प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्ट, सुरक्षाकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.