

कार्तिक ९ गते, डोटी -नेपाली कांग्रेस डोटीले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएको छ । नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले एक वक्तव्य जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार देशैभर गठबन्धन भएको जनाउँदै डोटीमा प्रतिनिधि सभाका उम्मेदवार प्रेम आले, प्रदेश (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नरेन्द्र बहादुर सिंह र प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार शिव वलीलाई मतदान गर्न आग्रह गरिएको छ । समानुपातिक तर्फ भने कांग्रेसलाई मतदान गर्न आग्रह गरिएको छ।
देशको वर्तमान अवस्था, संविधान र लोकतन्त्रको पूर्ण रक्षा गर्न गठबन्धन अपरिहार्य रहेको जनाउँदै बाम – लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।
विगतमा डोटी कांग्रेसले गठबन्धनको विपक्षमा गरेर निर्णयहरु स्वतः ख्यारेज गरिएको नेपाली कांग्रेस डोटीका सचिव गणेश खड्काले जानकारी दिए ।
