Sujang

५७ वर्षपछि भुन्टी भुलले पाइन् नेपाली नागरिकता

Ban

साउन ८ गते,डोटी :डोटीको सायल गाउँपालिका–३ निवासी ५७ वर्षीया भुन्टी भुलले लामो समयपछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
उनका श्रीमान् विगत लामो समयदेखि बेपत्ता रहेको, श्रीमानको नागरिकता समेत नबनेको तथा सनाखत गर्ने नजिकका आफन्तसमेत नरहेकाले उनले अहिलेसम्म नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सकेकी थिइनन्।

Krishi

उक्त समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा सम्बन्धित वडाका वडाध्यक्ष र जिल्ला प्रहरी कार्यालय डोटीका प्रतिनिधिसहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले पेश गरेको प्रतिवेदनका आधारमा भुन्टी भुलको श्रीमान्को नामथर कायम गरी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विहिबाअर उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो।

जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको जनाएको छ। लामो समयदेखि नागरिकताविहीन रहेकी भुलले नागरिकता प्राप्त गरेपछि खुसी व्यक्त गर्दै सम्बन्धित निकायप्रति आभार व्यक्त गरेकी छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.