Sujang

बडीकेदारमा सडक नालीको ढल निकासको पानीले बस्ती जोखिममा

Ban

एकेन्द्र चन्द ,साउन १,डोटी :डोटीको बडीकेदार गाउँपालिका वडा नं. २ अन्तर्गत खड्यौली बजार क्षेत्रमा सहजरपुर–विपीनगर–बोगटान सडक नालीको ढल निकासको पानीले गर्दा पहिरो गए पछि खड्यौली बजार तथा बस्ती, छेडा खेताली जाने सडक, खानेपानी मुहान लगायत स्थानीयको जमिन समेत जोखिममा परेको छ ।

Krishi

गाउँपालिकाले उक्त समस्याका कारण स्थानीय बासिन्दा तथा सार्वजनिक संरचनामा क्षति पुग्ने अवस्था सिर्जना भएकाले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र पहल गरी नालीको ढल निकासको दीर्घकालीन उपाय खोज्न अनरोध गरेको छ।
सडक निर्माणको क्रममा खानेपानीको मुहान बचाउने भन्दै खोलामा जाने पानी नाली बनाएर अर्को ठाउँमा छोडेपछी अहिले समस्या भएको स्थानियले बताएका छ्न ।

स्थानिय तथा जग्गा धनी डिल बहादुर चन्दले तत्काल समस्या समधान नभए आफ्नो जमिन मात्र नभएर खड्यौली बजार लगायत अन्य बस्ती पनि जोखिममा पर्ने र ठूलो समस्या हुने हुँदा छिटो भन्दा छिटो बिकल्प खोज्नु पर्ने बताउनु भयो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.