Sujang

काठमाडौंको काँडाघारीबाट निस्किएका डोटीका एक जना सम्पर्क विहिनी

Ban
Krishi

असार ३१, डोटी : काठमाडौंको काँडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन भएका छन्।
डोटीको के.आई. सिंह गाउँपालिका–६ स्थायी घर भएका करिब ५०–५५ वर्षीय रामबहादुर बलायर सम्पर्कविहीन भएका हुन्। उनी बोल्न र सुन्न नसक्ने (श्रवण तथा वाक अपाङ्गता भएका) व्यक्ति हुन्।
परिवारका अनुसार उनी असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए। त्यसयता उनी घर नफर्किएपछि परिवारले आफन्त र विभिन्न स्थानमा खोजी गरे पनि फेला पार्न सकेका छैनन्। घटनाबारे नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराइएको भए पनि हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन।
सम्पर्कविहीन हुँदा उनले कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर र कालो जुत्ता लगाएका थिए।

उनीलाई कसैले देखेमा वा भेट्टाएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा परिवारका ९७०७६३१२४६ वा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले सबैमा अनुरोध गरेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.