

जेठ ३० गते ,डोटी : होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लाल बहादुर मन्नी निर्वाचित भएका छन् । शनिबार दिपायलमा भएको संघको १६ औं साधारण सभा एवं छैटौं जिल्ला अधिवेशनबाट मन्नी सर्वसम्मत निर्वाचित भएका हुन् ।
मन्नीको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको हो । संगको वरिष्ठ उपाध्यक्षमा नन्दन सिंह कार्की , उपाध्यक्षमा गणेश बोहरा र महासचिवमा खेम विठारी निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा जनक खड्का, कोषाध्यक्षमा पूजा रावल, सह कोषाध्यक्षमा रमेश बोहरा चयन भएका छन् । सदस्यहरुमा सदस्यहरू डम्वर नाथ, भावना खड्का, भोज बहादुर बोगटी, दिनेश बहादुर सिंह, राधिका शाही, हर्क बोहरा, राधा बोहरा र निर्मला जोरा चयन भएका छन् ।

दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख कलावती महर साउदले व्यवसायिहरुको हित र व्यवसायिक विकासका लागि व्यवसायिक एकता आबस्यक रहेको बताए । होटल व्यवसायहरूको सेवा, सत्कार र व्यवहारले जिल्लाको पहिचान झल्किने भएकाले होटल व्यवसायलाई पाहुना घरका रूपमा सञ्चालन गर्न सुझाव दिए।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले ब्यवसायीहरुले गुणस्तरीयतामा विशेष ध्यानदिनुपर्नेमा जोड दिनुपर्ने बताए । ब्यवसाय सञ्चालनका लागि मापदण्ड पूरा गर्छु भनेर दर्ता गरिएको ब्यवसायलाई सोही अनुसार अगाडी वढाउनु पर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा हाेटल ब्यवसायी संघ सुदुर पश्चिम अध्यक्ष रमेश जोशी ,प्रहरी उपरीक्षक सागर बोहरा डोटी उद्योग वाणिज्य अध्यक्ष बिक्रम साउँद , नेपाल पत्रकार महासंघ अध्यक्ष प्रकाश बम, हाेटल ब्यवसायी संघका पुर्ब केन्द्रिय सदस्य दिपक खड्का ,हाेटल ब्यवसायी संघका संस्थापक खेम भण्डारी ,शैलेश्वरी यातायात प्राली केपि माझी र शैलेश्वरी अस्पताल प्रालीका प्रबन्धक आईजङ्ग कुँवरले मन्तव्य राखेका थिए । बोल्ने व्यक्ताहरुले होटल तथा पर्यटन व्यवसायको विकास, व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत सुदृढीकरण तथा जिल्लाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम ,व्यवसायिहरुको सेवा,सत्कार र व्यवहारले जिल्लाको पहिचान झल्किने भएकाले होटल व्यवसायिले यो कुरालाई ममन गर्नु पर्नेमा जोड दिएका थिए ।
साधारण सभा एवं छैटौं जिल्ला अधिवेशनमा हाेटल ब्यवसायी संघ स्थापना काल देखि अहिलेसम्म सहयोग गर्ने विभिन्न ब्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।
नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष लोक बहादुर खड्काले आजै पद हस्तान्तरण गरेका छन् ।

