Sujang

रास्वपा डोटीको सभापतिमा पुनः बलायर चयन

Ban

जेठ २५ गते, डोटी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको जिल्ला अधिवेशनबाट केशव बलायर पुनः सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

सोमबार डोटीको राजपुरस्थित सेती सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले बलायरलाई सभापतिमा पुनः चयन गरेको हो । आकांक्षीहरूबीच सहमति जुटेपछि बलायर पुनः सभापतिमा दोहोरिने अवसर मिलेको हो ।

Krishi

डोटीको शिखर नगरपालिका–११ निवासी बलायर रास्वपा डोटीका संस्थापक सदस्य हुन् । २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बलायर रास्वपाको तर्फबाट उम्मेदवार समेत भएका थिए । उक्त निर्वाचनमा उनले सात सय ७४ मत प्राप्त गरेका थिए ।

पहिलो अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिका उपसभापतिमा धनवहादुर बोहरा, सचिवमा बिष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठलाई चयन गरेको छ ।

सदस्यहरूमा मोहना साउँद, टेक बोगटी, इन्द्र खड्का, खिमबहादुर बिठाडी, लाल भुल, केशव परियार, कविराम खत्री र सन्तोष भण्डारी चयन भएका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.