Sujang

डोटीको बडीकेदारमा पालिका स्तरीय बाल सञ्जाल गठन,अध्यक्षमा ओमप्रकाश मल्ल

Ban

एकेन्द्र चन्द,जेठ २४ गते डोटी: डोटीको बडीकेदार गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालय तथा वडाबाट प्रतिनिधित्व गर्ने बालबालिकाहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो।

गठित सञ्जालको अध्यक्षमा ओमप्रकाश मल्ल चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा सिर्जना सार्की ,सचिवमा निखिल ताडी, कोषाध्यक्षमा इन्द्र बोहरा,सह सचिबमा अप्सरा बोहरा चयन भएका छ्न ।
सञ्जालको सदस्यहरूमा सोनल कलेल , किरण बोहरा , खगिसरा घर्तिमगर ,मिलन बुच्चा, प्रशान्त सापकोटा ,मनोज बुढामगर ,जीवन सार्की , तिलक ताडी ,कमला बिक ,बिनिता बोहरा,कबिता बिठारी र यमुना धामी चयन भएका छ्न ।

Krishi

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बालअधिकार, बाल सहभागिता, नेतृत्व विकास तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

बालबालिकाको हकहित संरक्षण, उनीहरूको आवाजलाई स्थानीय तहसम्म पुर्‍याउने तथा बालमैत्री वातावरण निर्माणमा सञ्जालले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको गाउँपालिकाले जनाएको छ ।
साथै बाल सहभागिता हाम्रो अधिकार समृद्ध बडिकेदार हाम्रो आधार भन्ने नारा सहित पालिका स्तरीय बालिका तथा समाबेशी शिक्षा लगायतका बालबालिकाहरुका सवालका बिषयक बाल भेला समेत समेत गरिएको छ ।

कार्यक्रमको अभिमुखिकरण बडीकेदार गाउँपालिका शिक्षा शाखा प्रमुख बिबेक देउबाले गर्नु भएको थियो । उहाँले बाल संजाल गठन गर्दै बालबालिकाले आउदै गरेको बजेटमा समस्या सरोकार भएका बिषयहरु उठान गर्नु पर्ने बताउनु भएको थियो ।

पालिका स्तरीय बालिका तथा समावेशी शिक्षा लगायतका बालबालिकाका सवाल विषयक बाल भेलाले बालबालिकाको नेतृत्व विकास, अधिकार संरक्षण तथा सहभागितामूलक विकासमा टेवा पुग्ने बडिकेदार गाउँपालिकाका बाल कल्याण अधिकारी चक्र बहादुर कलेलले बताउनु भयो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.