Sujang

गणतन्त्र दिवसको अवसरमा डोटीमा उत्कृष्ट विद्यार्थी, विद्यालय र केन्द्राध्यक्ष सम्मानित

Ban

किरण धामी ,जेठ १५, डोटी : डोटीमा गणतन्त्र दिवसको अवसरमा डोटीमा सम्मान कार्यक्रम गरिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति डोटीले सम्मान कार्यक्रम गरेको हो । सिलगढीमा आयोजित कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी, विद्यालय र केन्द्राध्यक्षहरुलाई सम्मान गरिएको हो ।

एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालय भगवती माध्यमिक विद्यालय तलारा (९७.३७ प्रतिशत) र संस्थागत विद्यालयमा भागरथि एकेडेमी सिलगढीलाई सम्मान गरिएको शिक्षा इकाई प्रमुख भीम प्रसाद पनेरुले बताए । उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक र संस्थागत विद्यालयका एक छात्र, एक छात्रा गरी चार जना विद्यार्थी पुरस्कृत सहित सम्मानित भएका छन् ।

संस्थागत विद्यालय तर्फ सुजङ्ग बोर्डिङ स्कुल राजपुरकी छात्रा सन्ध्या सेटी (३.९६ जिपिए) र सोही विद्यालयका छात्र प्रज्वल खड्का (३.८६ जिपिए) तथा सामुदायिक विद्यालय तर्फ केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकीका छात्र अनुज खड्का (३.८१ जिपिए) र राधाकृष्ण माध्यमिक विद्यालय गोपघाटकी छात्रा ममता बलायर (३.६७ जिपिए) लाई सम्मान तथा पुरस्कृत गरिएको हो । विद्यार्थीहरूलाई नगद रु. ६ हजार ८ सय रुपैयाँ तथा सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको शिक्षा इकाई प्रमुख पनेरुले बताए । सम्मान तथा पुरस्कार विद्यार्थीका अभिभावकहरूले बुझेका थिए ।

त्यस्तै एसइई परीक्षा २०८२ लाई सफल बनाउन तथा उत्तर पुस्तीका जाँच गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै केन्द्राध्यक्षहरुलाई पनि सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । जिल्लामा १५ ओटा परीक्षा केन्द्र मार्फत एसइई परीक्षा सञ्चालन भएकोमा सबै परीक्षा केन्द्रका केन्द्राध्याक्षलाई सम्मान गरिएको हो ।

Krishi

सम्मान कार्यक्रममा बोल्दै भगवती माध्यमिक विद्यालय तलाराका प्रधानाध्यापक टेक बहादुर सिंहले विद्यालयको शिक्षाको स्तर कक्षा ८ र १० को नतिजाले मात्रै मापन गर्न नहुने बताएका छन् । उनले विद्यालयले आत्मसात् गरेका हरेक असल अभ्यास मापनको आधार बन्नुपर्ने तर्क राखे । आवासीय छात्रावास भएका विद्यालयले जिल्लामा राम्रो नतिजा ल्याएको हुनाले त्यसतर्फ ध्यान दिनु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले शैक्षिक संस्था विवादरहित रहनुपर्ने बताइन् । केही विद्यालयमा विवाद रहेको गुनासो आउने गरेको कुरा सुनाउँदै विद्यालयमा राजनीति र गुटबन्दी हुन नहुने बताइन् । साथै विद्यालयलाई प्रविधिसँग जोड्दै विद्यार्थीलाई आधुनिक शिक्षा प्रदान गर्नुपर्नेमा प्रजिअको जोड छ । शिक्षण पेसा संसारकै उत्कृष्ट पेसा भएकाले यसको सबैले सम्मान गर्नुपर्ने र शिक्षकले मनन गर्नु पर्ने प्रजिअ नेपालको भनाई छ ।

कार्यक्रमको समापन गदै जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले विद्यार्थीको मनोभावना बुझेर अघि बढ्नु पर्ने बताए । शिक्षाको गुणस्तर सुधारको लागि समय समयमा प्र.अ भेला गरी एक अर्का विद्यालयका असल अभ्यास आदानप्रदानमा जोड दिन सके केही परिवर्तनको अनुभूति गर्न सकिने प्रमुख सिंहको भनाई छ । साथै सिंहले पालिका स्तरमा एक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गरेर अघि बढ्न स्थानीय तहलाई सुझाव दिएका छन् ।

यस पटक जिल्लामा जम्मा २ हजार तीन सय २० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जस मध्य ४४.८२ प्रतिशत अर्थात् एक हजार ४० विद्यार्थी ग्रेडेड भएका छन् भने एक हजार दुई सय ८० विद्यार्थीको एनजी आएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीका अनुसार डोटीमा यस पटक ४ ओटा विद्यालयको नतिजा शून्य(०) रहेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.