Sujang

निर्माण व्यवसायी संघ डोटीको अध्यक्षमा जोशी

Ban

बैशाख ८ गते , डोटी : निर्माण व्यवसायी संघ डोटीको नवौँ साधारणसभा तथा अधिवेशनले अध्यक्षमा राजिव राज जोशीलाई निर्विरोध चयन गरेको छ ।
त्यसैगरी प्रथम उपाध्यक्षमा गणेश मलासी, द्वितीय उपाध्यक्षमा लोक बहादुर बलायर, महासचिवमा शिव बहादुर खड्का, उप महासचिवमा कृष्ण बहादुर लुहार, सचिवमा चेतराज जोशी तथा कोषाध्यक्षमा सरस्वती खड्का निर्विरोध चयन भएका छन्।

Krishi

त्यस्तै सदस्यहरूमा दिर्घ बहादुर साउँद,नृप बहादुर खड्का,धन बहादुर ओली, सुजित खड्‌का,रेखा खड्‌का,मुकेश जोशी,अमर खड्का,कौशीला रावत,खड्क बहादुर बोगटी निर्विरोध निर्वाचित भएका छन्।

सर्वसम्मत निर्वाचित पदाधीकारी र सदस्यलाई मंगलवार प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत कैलाश सिंह साउँदले बताए । 

अध्यक्ष जोशीले निर्माण व्यवसायी संघ डोटीको अध्यक्षको जिम्मेवारी दिएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा व्यवसायीहरूको हक–हित संरक्षण, पारदर्शी र गुणस्तरीय निर्माण कार्य, तथा समयमै आयोजना सम्पन्न गर्ने दिशामा हामी प्रतिबद्ध रहने बताए । सबै व्यवसायीहरूको सहकार्य र सुझावका आधारमा संघलाई आगामी दिनमा अझ सशक्त बनाउनेमा जोड दिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.