

एकेन्द्र चन्द चैत ३० ,डोटी :प्रथम सेती लोकमार्ग वडास्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी सप्तरङ्गी युवा क्लबले हात पारेको छ । प्रथम भएको सप्तरङ्गी युवा क्लबले नगद १८ हजार प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक खेलमा आयोजक (ए)उपविजेता बनेको आयोजक( ए )ले नगद १२ हजार प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

त्यस्तै साङ्ला देवी वन सामुदायिक वन उपभोक्ता समूहले तेस्रो स्थानमा रहदै नगद ६ हजार प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
त्यसैगरी बडिकेदार युवा समाज बग्रले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा ९ वटा टोलिको सहभागीता रहेको थियो ।
त्यसै गरि महिला आयोजक (ए )प्रथम हुन सफल भएको छ ।
प्रतियोगितामा बिष्णु मा.वि. मुलेचौर (बि )ले दोस्रो स्थान प्राप्त गरेको छ भने बिष्णु मा.वि. मुलेचौर (ए )ले तेस्रो स्थान हासिल गरेको छ ।प्रतियोगितामा विभिन्न टिमहरूको सक्रिय सहभागिता रहेको थियो सेतिलोक मार्गमा बनेपछी आफ्नो गाउँमा बिकासको ढोका खुल्ने र प्रचारप्रसारको लागि भलिबल खेलको आयोजना गरियको कार्यक्रम सयोजक पदम साउदले बताउनु भयो ।

