कार्तिक ७ गते ,डोटी –डोटीको सिलगढीमा `नयाँ युवा नयाँ सोच´ युवा क्लबद्वारा आयोजना गरिएको तेस्रो शैलेश्वरी फुटबल कप -२०७९ प्रतियोगिताको फाइनलमा पुगेर खेल स्थगित गरिएको छ।
प्रतियोगितामा १५ टिमको सहभागिता रहेको फुटबल खेलमा फाइनलमा पुगेर स्थगित गरेको भन्दै छानबिनका लागी उजुरी परेको छ।
फाइनलमा पुगेको सिलगढी मिलन चोक फुटबल क्लब र ब्यवस्थापकले जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमा छानबिन गरि पुरुस्कार दिलाई कारबाही गरि पाउ भन्दै मुद्दा दर्ता गराएका छन् ।
सिलगढी मिलन चोक र आयोजक टिम तेस्रो शैलेश्वर फुटबल कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेका थिए ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिका ,वडा नम्बर ६ , विभिन्न ब्यक्तीबाट सहयोग, प्रती टिमबाट दुई हजार पाँच सयका दरले उठाएकाे निबेदक दर्ताकर्ताहरुले उजुरी पत्रमा उल्लेख गरेका छन् ।
कुनै निर्णय बिना खेल स्थगित गरि आयोजक सम्पर्कमा नरहेकोले उजुरी दिन बाध्य भएको मिलनचोल फुटबल क्लबका खेलाडी रबिन्द्र बोगटीले बताए ।
निर्णय गरेर खेल स्थगित गरेको आयोजक संस्थाले जनाएको छ।
प्रतियोगिताको पुरस्कार राशि विजेतालाई ५० हजार नगद, ट्रफि, मेडल, प्रमाणपत्र र उपबिजेतालाई २५ हजार नगद, ट्रफि, मेडल, प्रमाणपत्र रहेको थियो ।
खेल टुँडिखेलमा असोज ३१ गतेबाट सुरु भएको थियो ।