Sujang

साहुको खलो थापेर गुजारा चलाउँदै आएको परिवारलाई बलायरद्वारा राहत

Ban
Krishi

चैत २९ गते ,डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ टेटाडाका देउसिं लोहारको परिवारलाई राहत सामग्री वितरण गरेका छन्।
शनिबार सुजंग अस्पताल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायर र सुजंग बोर्डिङ स्कुलका प्रबन्धक नरेश बलायरको टोलीले लोहारको घरमै पुगेर खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो।
छ सदस्यीय परिवार पाल्न साहुको खलो थापेर गुजारा चलाउँदै आएका लोहारको दयनीय अवस्था सामुदायिक रेडियो स्मार्ट एफ.एम.ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि सहयोग जुटेको बताइएको छ।
राहतस्वरूप पाँच बोरा चामल, १० किलो दाल, एक पेटी खाने तेल, पाँच किलो नुन, एक जोर सिरक–बिस्तरा, बालबालिकाका लागि शैक्षिक सामग्री तथा झोला, साथै परिवारका सबै सदस्यलाई लुगा र चप्पल वितरण गरिएको जनाइएको छ।

राहत वितरणका क्रममा अस्पतालका प्रशासन प्रमुख बलायरले सानो सहयोगले केही राहत मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता विपन्न परिवारलाई सहयोग गर्न सबै सहयोगी मनहरुलाई आग्रह गरे। उनले लोहार परिवारलाई अस्पतालले प्रदान गर्ने सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.