Sujang

डोटीमा इभि हाईस दुर्घटना हुँदा ४ जना घाइते

Ban

चैत २१ गते : डोटीमा इभि हाईस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

शनिबार विहान साढे चार बजे धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०२-००१ ज ०६२९ नम्बरको इभि हाईस दिपायल सिलगढी नगरपालिका–५ चिसापानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चौरपाटी गाउँपालिका–१ सिउडी अछाम बस्ने चालक ४५ वर्षीय शंकर शाहले चलाएको उक्त सवारीमा १५ जना सवार रहेका थिए।

Krishi

प्रहरीका अनुसार घाइते हुनेमा पुर्विचौकी गाउँपालिका- ५ नुवाघर बस्ने ५१ बर्ष की अमृता साउँद, सोही ठाँउका बर्ष २६ का प्रकाश साउँद घाइतेका भएका छन् ।

त्यस्तै चौरपाटी गाउँपालिका – ६ दुनी अछाम बस्ने बर्ष २५ की कला साउँद र सोही ठाउँ वडा नम्बर १ बयाली बस्ने बर्ष १९ कि कमला थापा घाइते भएकि छन् ।

घाइतेहरु दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेकोे जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डबल बहादुर कठायतको कमाण्डमा ८ जनाको टोली खटिएको थियो।

हाईस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.