Sujang

किशोरीलाई आत्मरक्षा तालीम

Ban

चैत १८,डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माध्यमिक तहमा अध्ययनरत छात्रालाई आत्मरक्षा सम्बन्धि तालिम गरिएको छ।

किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारविरुद्ध प्रतिकार गर्न सकुन भनेर तीन दिने तालिम सञ्चालन गरिएको बोगटान गाउँपालिका उपाध्यक्ष बिस्ना देउवा बमले बताइन् ।

पछिल्लो समय देशमा महिला तथा बालबालिकाहरुमाथि बढ्दै गइरहेको विभिन्न प्रकृतिका हिंसाहरुको न्यूनीकरणमा सहयोग पुर्‍य ाउन र तालिमबाट माध्यमिक विद्यालय उमेर समूहका किशोरीहरुलाई सक्षम बनाउन तालिम सञ्चालन गरिएको उनले बताइन् ।

Krishi

कार्यक्रममा किशोरीहरूलाई आत्म–सुरक्षासम्बन्धी व्यवहारिक अभ्यास गरिएको उनले बताईन्।

स्थानीय तहमा विद्यमान सामाजिक विकृति न्यूनीकरण गर्दै किशोरीहरूलाई सचेत, आत्मविश्वासी र सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

उक्त तालिममा खत्याडि माध्यमिक विद्यालयमा अध्ययनरत ५२ जना छात्रा विद्यार्थीहरुको सहभागिता रहेकोे प्रशिक्षक रोशन कोली बताए । छात्राहरुलाई शारिरिक तथा मानसिक रुपले बलियो बनाउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कोलीले बताए ।

तालिम बोगटान फुड्सिल गाउँपालिकाको आयोजना र समता विकास नेपाल डोटीको सहकार्यमा गरिएको हो।

Salmuni
Leave A Reply

Your email address will not be published.