Sujang

डोटीमा माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु

Ban

फागुन २६ गते ,डाेटी: डोटीमा  माटोको ढिस्कोमा पुरिएर एक किसोरीको मृत्यु भएको छ।

जिल्लाको सायल गाउँपालिका-२ ग्वानि टोलको गैसैनमा मंगलबार बिहान माटो खानीमा माटो खन्ने क्रममा खानी भत्किँदा सेर बहादुर सिंहकि १६ वर्षीया छोरी एलिना सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Krishi

विहान ९ बजे ५८ मिनेटमा माटाे खन्ने क्रममा खानी भत्किएपछि उनी माटोमा च्याप्पिएकी थिइन्।

स्थानीयवासीले तत्काल उद्धार गर्ने प्रयास गरे पनि घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।

नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्ने क्रममा बर्सेनि यस्ता घटना बढ्दै गएका छन ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.