

दशरथ ओझा
आकाश हेर्दै टोलाइ बस्छु ,कहाँ जानू भयो ?
दुःख गरी बनाइ दियौ , वाकी रह्यो छानो छ यो।।
माया सबको उस्तै होला,तिम्रो माया अरू मिठो
नाप्न कहाँ सकिन्छ र? छोडी गाको मानो छ यो।।

यता हेर्यो तिमी देख्छु,जता हेर्यो तिम्रै देख्छु
दुख्न छोड्यो मुटु अचेल,बनेको अचानो छ यो।।
जाँदा भन्थ्यौ हेरि रन्छु,खोला जस्तै बगी रनु
खोला बन्छ आँसु बगी, फुट्ने भक्कानो छ यो ।।
तिम्रो आस्था ढल्न दिन्न,बरु सबै ढाली दिउला
आखिर सबको बाटो त्यही हो,बिन्ती मेरो सानो छ यो ।।
गजलकार ओझा समैजी माद्यामिक विद्यालय गोदावरी नगरपालिका ०८,मजगाउँ कैलालीमा अध्यापन गराउनु हुन्छ ।

