Sujang

डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा

Ban

माघ १३ गते ,कैलाली :डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिबेशनबाट प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा निर्बिरोध रुपमा लोक गायक सुरत बहादुर रावत डोटेली कान्छा चयन हुनु भएको छ ।

Krishi

प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी ,महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट ,उपमहासचिवमा प्रेम बिबश चन्द, साँगठनिक सचिवमा बिष्णु भक्त खैर, प्रसासनिक सचिबमा धर्मराज जोशी , कोषाध्यक्षमा कृष्णा सिराडी, सह-कोषाध्यक्ष धनसरा साउँद चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा केशबराज फुलारा धनेश्वरी रेग्मी, चन्द्र बहादुर थापा, सरस्वती धामी, जयन्ती धामी निर्बिरोध निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत पदम बहादुर धामीले बताउनु भयो । समिति चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको बन्द सत्रमा २५ सदस्यीय कार्यसमिति गठनका लागि भएको विभिन्न पदमा भएको निर्वाचन प्रक्रियामा केही पदमा संशोधित बिधान प्रशासनबाट पारित भएपछि मनोनीत हुने मुख्य निर्वाचन अधिकृत धामीले बताउनु भयो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.