Sujang

दसैँ तिहार तथा छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान

Ban

असोज १२ गते डोटी –डोटीमा विजया दशमी, शुभ-दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। बुधवार प्रादेशिक सुशासन केन्द्र पुन्नाको हलमा कर्मचारी मिलन केन्द्रको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले विजया दशमी, शुभ दीपावली र छठ पर्वको सबैमा शुभकामना व्यक्त गरे । उनले भने,´वर्षभरि आइरहने चाडपर्वहरू नेपाली संस्कृतिका मौलिक विशेषता हुन् । बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा मनाइने चाडपर्वहरूले विविधताबिचको एकता, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गर्दै आएका छन् ।´

Krishi

त्यस्तै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खड्काले हिन्दुहरूको महान् चाँड वडा दसैँ, दीपावलीको शुभकामना व्यक्त गरे। उनले भने ,´बाटो फरक भए पनि सबैको उद्देश्य एउटै हो। सबैले जिल्लाको समृद्धिकालागि तनमन दिएर लाग्नु पर्नेमा जोड दिए।`

त्यस्तै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जिल्ला बासी सबैमा वडा दसैँ , दीपावली ,छठ पर्व नेपाल संवत् को शुभकामना दिइन् । चाड पर्वले सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई एक आपसमा जोड्ने काम गर्दै आएको बताइन् ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडक बहादुर शाहको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सबैले दसैँ,तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.