Sujang

उपाध्यक्ष रोकायाद्वारा उद्यम घरको शिलान्यास

Ban
Krishi

गणेश मौनी,माघ १९ डोटी:डोटीको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बिहीबार एक कार्यक्रमका बिच दुई कोठे उद्यम घरको शिलान्यास गरेकी छन् ।
उपाध्यक्ष रोकायाले आदर्श गाउँपालिका वडा नम्बर ५ लामिखालमा भवनको शिलान्यास गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकाले सञ्चालन गरिरहेको गरिबी निवारण को लागि लघु उघम विकास कार्यक्रम अन्तरगत उद्यम घरको निमार्ण गरिन लागिएको उपाध्यक्ष रोकायाले बताइन् ।
महिला उद्यमीहरूलाई विभिन्न उद्यमहरू सञ्चालन गर्न सहजता होस भन्ने हेतुले महिलाहरूको साझा घरको रूपमा निमार्ण गर्न लागिएको उद्यम घरमा महिलाहरूका लागि विभिन्न उद्यममूलक तालिमहरू सञ्चालन गर्न सहजता हुने उपाध्यक्ष रोकायाले बताइन् ।
पालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि सिलाई कटाई, होजियारी लगायतका विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेकोले आगामी दिनमा पनि त्यस्ता सिपमूलक तालिमहरूलाई निरन्तरता दिने उपाध्यक्ष रोकायाले बताइन् ।
पालिकाको ८ लाख लागतमा निमार्ण हुन लागिएको उद्यम घर यस चालु आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने आदर्श गाउँपालिकाले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.