Sujang

कञ्चनपुर जिल्लाको बेलौरीबाट २ किशोरीको उद्धार

Ban
Krishi

कञ्चनपुर, १२ असोज : कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट २ किशोरीको उद्धार गरिएको छ।बेलौरी नगरपालिका वडा नम्बर १० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका २ किशोरीको उद्धार गरेको छ।

बेलौरी– १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.