Sujang

मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा डोटीका एक युवक पक्राउ

Ban

अशोज ५गते, डोटी :मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। डोटीको शिखर नगरपालिकाका–३२ वर्षीय धनबहादुर बोगटीलाई बिहीबार प्रहरीले काठमाण्डौको सेतो पुलबाट पक्राउ गरेको हो।

Krishi

उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए। मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए। तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए ।

रकम ठगेर फरार भएपछि कृष्णबहादुरले धनबहादुर विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागले गरेको पत्राचारको आधारमा धनबहादुरलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। -दिनेशखबरबाट साभार

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.