Sujang

भैरव प्रसाद गणले गर्‍यो आठजना बिद्यार्थीलाई सम्मान

Ban

डोटी :डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणले ८ जना बिद्यार्थीहरुलाई सम्मान गरेको छ। २०७९ सालको एस ई ई परिक्षामा उत्कृष्ट अंक ल्याउने एन सि सि बिद्यार्थी तथा नेपाली सेनाका वहालवाला तथा भु.पु.सैनिकका सन्ततिहरुलाई सम्मान गरिएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बताए।

Krishi

सम्मानित हुनेहरुमा एन सि. सि. बिद्यार्थीहरु सुजंग बोर्डिङ स्कुलकी छात्रा दिया बोगटी ३.७५ जि पि ए०,सुजंग बोर्डिङ स्कुलकै छात्र आशिष् खडका३.८०जि पि ए०,पद्म पब्लिक मुक्ति नारायण माध्यमिक बिधालयकि छात्रा कल्पना साउद ३.०५ जि पि ए०पद्म पब्लिक मुक्ति नारायण माध्यमिक बिधालयकै छात्र उत्तम बडैला २.७० जि .पि .ए. रहेका छन ।

त्यसै गरि बहालवाला सैनिक सन्ततीबाट श्री नं ४ फि ए मा कार्यरत हुद्दा निरज बोहराका छोरा पद्म पब्लिक मुक्ति नारायण माध्यमिकका असोक बोहरा ३.१५ जि. पि. ए.,श्री नं ५ बाहिनी अडडामा कार्यरत हुद्दा सुबास कठायतकी छोरी पबित्र आवासीय माध्यमिक बिधालयकि प्रतिभा कठायत २.९५ जि पि. ए.र भुपु सन्ततीबाट लक्ष्मी माध्यामिक बिधालय आदर्श गाउपालिकाकि राम बहादुर रोकायाकी छोरी पुष्पा रोकाया २.३५ जिपिए० र पद्म पब्लिक मुक्ति नारायण माध्यमिकका टेक बहादुर नायकका छोरा प्रवेश नायक३.२६ जिपिए० लाई सम्मान स्वरुप कसर पत्र र मोमेन्टो मायाको चिनो प्रदान गरि सम्मान गरिएको गणका सहायक सेनानी बिपिन नगरकोटिले जानकारी दिए ।

शिक्षानै जिवनको महत्त्वपूर्ण सम्पत्ति भएका कारण आफ्ना सन्ततिलाई गुणस्तरीय शिक्षा आर्जन गर्न उतप्रेरित गर्ने उदेश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको गणपति कार्किले बताए । कार्यक्रममा विभिन्न बिधालयका बिद्यार्थी ,शिक्षक,अभिभावक लगायतको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.