Sujang

बोगटान फुड्सिल गाउँपालिकाका दश जना शिक्षकलाई सम्मान

Ban

डोटी :बोगटान फुड्सिल गाउँपालिकाले दश जना शिक्षकलाई सम्मान गरेको छ । शिक्षकलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले सात वडाका दश जना शिक्षकलाई सम्मान गरेको शिक्षा शाखा प्रमुख चेतराज बिनाडीले बताए ।

Krishi

अध्यक्षसँग शिक्षक कार्यक्रम अन्तरगत विद्यालयमा शैक्षिक वातावरण सुधारमा भूमिका, विद्यालयमा अनुशासन कायम गर्ने गराउने, कार्य सम्पादन मूल्याङ्कन,लगनशीलता ज्येष्ठताका आधारमा शिक्षकलाई सम्मानका लागी छनौट गरेको हो ।

शिक्षकहरूलाई एक कार्यक्रमका बिचमा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला, उपाध्यक्ष बिष्ना बमले सम्मान प्रदान गर्नु भएको हो । सम्मानित हुनेहरूमा केशव सिंह बम सिमचौर माध्यमिक विद्यालय, गुमान सिंह बोहरा केदारअखडा माध्यमिक विद्यालय, अम्मर बहादुर विष्ट भगवतेश्वर मावि काचाचौर, मदन बुढा छडाल आधारभूत विद्यालय, लोकराज बिनाडी जोराघाट माध्यमिक विद्यालय, टेकबहादुर बोहरा ओवादेउ आधारभूत विद्यालय, यशोदा खड्का भवानी आधारभूत विद्यालय गगुडा पलाडी, दिर्घराज जोशी गुरुदेव आधारभूत विद्यालय, सउँटीमाण्डाऔ आधारभूत विद्यालय सुकाटीबा दुर्गा मल्ल बम र सेवानिबृत्त हुनु भएका देवस्थल आधारभूत विद्यालय सिमचौरमा लामो समय योगदान गर्नु भएका गङ्गाप्रसाद यादबगरी दश जना शिक्षकलाई सम्मान गरिएको हो ।
राम्रो गर्नेलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीतिले शिक्षकलाई आफ्नो कार्यमा निरन्तर लाग्नुका साथै जिम्मेवारी थप भएको र हौसला प्रदान गरेको सम्मानित हुने शिक्षकहरूले बताएका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.