

डोटी : बोगटान फुड्सिल गाउँपालिकाले ४३ करोड ५६ लाख ९४ हजार चार सय बराबरको बजेट गाउँ सभाको १३ औँ अधिवेशन पेस गरेको छ । गाउँपालिकाले सडक शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिएको छ । गाउँ सभाको तेह्रौँ अधिवेशनमा पेस गरिएको बजेटमा पूर्वाधार विकासमा सडक निर्माणलाई प्राथमिकता दिएको छ ।
सडकमा दुई करोड ३५ लाख, शिक्षामा दुई करोड र कृषि तर्फ साठी लाख बजेट विनियोजन गरिएको प्रस्ताव पेस गरिएको छ । १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष बिस्नादेबी बमले प्रस्तुत गर्नु भएको बजेटमा स्वास्थ्य तर्फ ५० लाख, सिचाई निर्माणमा ५३ लाख, खानेपानी तर्फ ४० लाख, सुरक्षित नागरिक आवास कार्यक्रममा ३० लाख बजेट पेस गरिएको छ ।

यसै गरी क्रमशः सबै वडाका लागी पुजिगतमा २ करोड दश लाख, वडा चालु तर्फ ५६ लाख, खानेपानी तथा सरसफाइ दश लाख, महिलासँग उपाध्यक्ष कार्यक्रममा १५ लाख, दलित उद्यम विकासका लागी १४ लाख, पोषणको अवस्था सुधारका लागी ११ लाख र सहकारीको विकासमा दस लाख रुपैयाँको बजेट तेह्रौँ गाउँ सभामा उपाध्यक्ष बमले पेस गर्नु भएको हो ।
१२ महिना नै सञ्चालन गर्ने गरी सडक निर्माणलाइ प्राथमिकता राख्ने गाउँ सभाको तेह्रौँ अधिवेशन प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिका भित्र उत्पादन भएका कृषि उपजहरूको सहज बिक्री वितरण लागि सहयोग पुने गरी कार्य गर्ने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गसिलाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
अहिलेसम्म सडक सञ्जालमा जोडिन नसकेको बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ३ मेल्टालाई सडक सञ्जालमा यसै वर्ष जोड्ने, सहकारीको क्षमता विकास तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरी स्थानीय उत्पादनलाई बजारमा पुग्न सहयोग पूर्ण कार्य गर्ने, रोजगारी सृजनाका लागी कार्य गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

