Sujang

पर्यटन प्रवर्द्धनबाट समृद्धि हुने : मुख्यमन्त्री शाह

Ban
अछाम -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशनको स्थलगत भ्रमणका क्रममा बोल्नुहुँदै मन्त्री शाहले सरकार, स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा पर्यटकीय क्षेत्रको विकास गरेमा बढी प्रभावकारी हुने भन्दै यसका लागि प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाएका हुन्।
Krishi
पर्यटन प्रवर्द्धनले देश समृद्ध हुने भन्दै सुदूरपश्चिमका खप्तड, बडीमालिका, वैद्यनाथ लगायतका पर्यटकीय क्षेत्र राम्रो सम्भावना बोकेका क्षेत्र रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सुदूरपश्चिमका पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार लाग्ने भन्दै यसमा सबै सरोकारवालाको साथ रहनुपर्ने बताए। रामारोशन सुन्दर पर्यटकीय गन्तव्य रहेको र यसको विकासले समग्र सुदूरपश्चिमकै विकासमा योगदान पुग्ने बताए ।
मुख्य मन्त्री शाह सहितको टोली अछामका विभिन्न विकास निर्माणका आयोजनाको अनुगमन गर्ने क्रममा जिल्लाको रामारोशन क्षेत्रमा पुग्नुभएको हो । टोलीले जिल्लाका विभिन्न योजना, विकास निर्माणको अवस्था लगायतका बारेमा अनुगमन गरिरहेको मन्त्री देउवाले बताए।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.