Sujang

बालबालिकाको बृहत्तर क्षमता विकासका लागि प्रशिक्षण तालिम सुरु

Ban

गणेश मौनी ,पुस ५, डोटी :बालबालिकाहरुको बृहत्तर क्षमता विकास गर्न सहजकर्ताहरुलाई चार दिने प्रशिक्षक प्रशिक्षण तालिम बिहीबार देखी दिपायलमा सुरु भएको छ ।

Krishi

वल्र्ड भिजन ईन्टरनेशन नेपाल र सामुदायिक विकास केन्द्र, डोटीको साझेदारिमा संचालित समावेशि तथा गुणस्तरिय शिक्षा परियोजना अन्तर्गत तालिमको आयोजना गरेको सामुदायीक बिकास केन्द्र डोटीका परियोजना संयोजक दिनेश बमले बताए ।
उनले भने सहजकर्ताहरुलाई बालबालिकाहरुको बृहत्तर क्षमता विकास गर्ने क्रियाकलापहरुको बारेमा जानकरि गराई उनिहरुले परियोजना सञ्चालन भयका क्षेत्र भित्रका बालबालिकाहरुलाई विभिन्न विषय शिक्षा, स्वास्थ्य, सरसफाई, जिवन उपयोगि सिप, बालअधिकार तथा संरक्षण र विपदको समयमा सुरक्षित रहने तरिकाहरुको बारेमा जानकारी कार्यक्रमको लक्ष्य रहेको बताए ।

तालिममा बालबालिकाको चौतर्फि बिकास गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण सिपहरु, ब्यक्तिगत सरसफाई, आनीबानी परिवर्त, बालबालिका माथी हुने विभिन्न प्रकारका हिंसा, बालबालिकालाई विभिन्न प्राकृतिक घटनाबाट बच्ने कृतिम अभ्यास लगाएतका विषय बस्तुहरुको बारेमा छलफल गरिने समेत संयोजक बमले बताए ।
चार दिन सम्म संचालन हुने तालिममा डोटी र बझाङ्ग जिल्लाका २७ जना सहजकर्ताहरुको सहभागिता रहेको छ ।

तालिमको सहजिकरण वल्र्ड भिजन ईन्टरनेशन नेपालका कृष्ण तिवारि, मनोज विष्ट र तुअंगतधोज चौधरिले गरिरहेका छन् । तालिम माघ ८ गते समापन हुनेछ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.