Sujang

दिपायलमा राजधानी बनाउन हदैसम्मको प्रयास गरे : पुर्वमन्त्री आले

Ban

डोटी – नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा राजधानी राख्नका लागि आफुले हदैसम्मको प्रयास गरेको दावी गरेका छन ।

Krishi

सोमबार गृहजिल्ला डोटीस्थित दिपायल विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्या कार्यक्रममा बोल्नु हुँदै उहाँले दिपालय राजधानी बनाउनका लागि आफुले कुनै कसुर बाँकी नराखेपनि त्यो सम्भव भएको बताए । उनले राजधानी दिपायल राख्न हदै सम्मको प्रयास गरेपनि सफल नभएको बताए ।

‘तत्कालिन अवस्थामा हाम्रो पार्टीको अध्यक्ष कमरेड केपी ओली हुनुहुन्थ्यो, र पार्टीको बहुमतपनि थियो त्यही बेला मैले उहाँलाई भेटेर प्रदेशको सेन्टर पनि दिपायल भएको र त्यहाँ राजधानी राख्नुपर्छ भनेको थिए उहाँले मलाई हामी सरकारमा गए राखौला भन्नुभएको थियो, उहाँले मात्रै नभएर माधव कुमार नेपाल, प्रचण्ड जीलाई समेत दिपायल राजधानीका लागि आफुले कुरा गरेको थिए’ उनले भने ‘राजधानी दिपायल राख्ने विषयमा सबै सकारात्मक हुनुहुन्थ्यो, दुर्भाग्यबस बहुमतकै सरकारका बेला गोदावरी राजधानी तोकियो, राजधानी दिपायल बनाउनका लागि मैले हर प्रयास गरेकै ।’

हाल राजधानी तोकिएको गोदावरीमा वन जंगलका कारण राजधानीका संरचना निर्माणमा बाधा पुगेको उनले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.