Sujang

देउवालाई महाधिवेशनको अध्यक्षता गराएर बिदा गरे एकताका लागि तयार छौं : प्रदेश सभापति बलायर

Ban

असोज १२ गते , डोटी : नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पूर्वसभापति शेरबहादुर देउवालाई १५औं महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरिदिए आफूहरू  एकताका लागि तयार रहेको बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले १६ असोजदेखि सुरु हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर १७ गते विदा गरिदिए इतर समूह एकताका लागि तयार रहेको बताएका हुन् । ‘अझै पनि गगन थापाले १६ गतेको उद्घाटनको अध्यक्षता शेरबहादुर देउवालाई गराएर १७ गते बिदा गरिदियो भने पनि त्यसका लागि तयार छौं हामी,’ प्रदेश सभापति बलायरले भने ।

Krishi

तल्लो तहका अधिवेशनहरू भइरहेका र आफूहरूको अधिवेशन सुरु हुन लागेकाले दुवै महाधिवेशनबाट आएका प्रतिनिधिहरूलाई समायोजन गरेर अझै पनि एकता गर्न सकिने उनको भनाइ थियो ।

‘यदि, पार्टीलाई मिलाउने हो भने दुवैतिरका महाधिवेशन प्रतिनिधिहरूलाई एकै ठाउँमा हालेर पनि तिथिमिति सार्न सक्नुपर्‍यो,’ बलायरले भने ।

पूर्वसभापति देउवाले २१ फागुनको निर्वाचनमा विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापाको दस्तखत भएको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा अर्थपूर्ण रहेको बलायरले जिकिर गरे । ‘शेरबहादुर देउवाले गगन थापाको दस्तखतको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा के हो ?,’ उनले प्रश्न गर्दै भने, ‘यी कुराहरू पत्रकारहरूले पनि बुझ्नुप¥यो ।’

विशेष महाधिवेशनबाट स्थापित भएको नेतृत्वले देउवाको चाहना पूरा गरिदिएको भए उचित हुने उनको भनाइ थियो । ‘विशेषलाई अस्वीकार गर्दागर्दै पनि विशेषबाट स्थापित भएको सभापतिको हातबाट म टिकट लिएर डडेल्धुरामा लड्छु भन्ने उहाँको इच्छा थियो,’ सभापति बलायरले भने, ‘उहाँको अन्तिम इच्छा पूरा गरिदिएको भए हुन्थ्यो नि ।’

Salmuni
Leave A Reply

Your email address will not be published.