

भदौ २६ गते , डोटी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिककोहरूको उद्धार तथा राहतका लागि गोदावरी–६, लालपुर कैलाली स्थित साधना पथ एकेडेमीले ६१ हजार ३०रुपैयाँ सहयोग रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका शिक्षक, शिक्षिका ,कर्मचारी तथा विद्यार्थीहरुबाट संकलन गरेको रकम बिहिवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

विद्यालयले संकलन गरेको रकम बाढीपीडितको उद्धार तथा राहतमा सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको साधना पथ एकेडेमीका प्रिन्सिपल लोकराज उपाध्ययले बताए ।
आपत्–विपद्को समयमा पीडितहरूको घाउमा मलम लगाउन सकियोस् भन्ने उद्देश्यले विद्यालय परिवार, शिक्षक ,विद्यार्थीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेको उपाध्यले बताए ।
विपद्को समयमा सहयोगको हात बढाउनु सबैको कर्तव्य र उत्तरदायित्व भएको बताउदै सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षकप्रति कर्मचारीलाई विद्यालय परिवारको तर्फबाट धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।
